गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड प्रतियोगिता हुँदै

पाेखरा | भदौ ४, २०८०

गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड प्रतियोगिता हुँदै

पोखरा:   गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो । 


विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु‍¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । 


विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए । 


प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ । 


दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ । 


यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।


यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए ।


२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्